काठमाण्डौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) दिउँसो १ बजे बस्ने भएको छ। प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएकै कारण गत मंगलबार बसेको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केही बेर बसेर शनिबार दिउँसो १ बजे बस्ने गरी स्थगित गरिएको थियो ।
तर आजको बैठकमा पनि ओली जाने कि नजाने भन्ने कुरा बिहान करिब ९ बजेसम्म अनिश्चित नै भएको खबर प्राप्त भएको छ ।
मंगलबार ओलीको कुर्सी खाली नै रहेको नेकपा सचिवालय बैठकको तस्बिर सामाजिक सुञ्जालमा सार्वजनिक गर्दै ‘मंसिर २० गते १ बजे सचिवालय बैठक बस्ने !’ लेखेका प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापालाई शनिबार बिहान करिब ९ बजेतिर आजको बैठकमा अध्यक्ष ओली जान्छन् कि जाँदैनन् भनेर जिज्ञासा राख्दा अनभिज्ञता प्रकट गरे।