आज नेकपाको सचिवालय बैठक बस्दै

24
फाइल फोटो

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेका लागि बोलाइएको छ ।

बैठकमा समसामियक विषयमा छलफल हुने र पार्टीको विवाद समाधानका लागि बनेको कार्यदलको कार्यादेश निर्धारण गर्ने बताइएको छ ।

सचिवालय बैठकले नेकपा विवाद समाधान गर्न शुक्रबार गठन भएको कार्यदललाई अनुमोदन गर्नेछ भने कार्यदलको कार्यादेश पनि तयार पार्नेछ ।

शुक्रबार दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालले कार्यदल मार्फत् समस्या समाधान गर्ने भन्दै महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेका थिए ।

पौडेल नेतृत्वको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य छन् । कार्यदललाई नेकपाको हालको विवाद समाधानका लागि सहमतिको प्रस्ताव तयार पार्ने जिम्मा दिइएको छ ।

साउन ३ गतेदेखि नेकपा सचिवालय बैठक बस्न सकेको छैन । साउन ३ गतेको बैठकमा मंसिरमा अर्ली महाधिवेशन गर्न प्रधानमन्त्री एवम् अध्यक्ष ओलीले प्रस्ताव गरेका थिए ।

बैठकमा अर्का अध्यक्ष दाहालले सहमति जनाए पनि बैठकपछि भने आफू अर्ली महाधिवशेनको पक्षमा नरहेको स्पष्ट पारेका थिए ।

समाचार वर्गहरू