काठमाडौं – बागमती प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जेनजी आन्दोलनमा जलेर नष्ट भएका सावरी साधनको नवीकरण दस्तुर पूर्ण रुपमा छुट गर्दै निःशुल्क दर्ता खारेजी गरिदिने गर्ने भएको छ ।
जेनजी आन्दोलनमा प्रदेश भित्र सरकारी सवारी साधन चार पाङ्ग्रे ५३ वटा र दुई पाङ्ग्रे १४२ वटा गरी कुल १९५ सवारी क्षति भएको तथ्याङ्क छ । सो सवारी २१ करोड ६७ लाख ५५ हजार मूल्य बराबरको थिए ।
मन्त्रालय अन्तर्गत रहेका मन्त्रालय अन्तर्गत रहेका १२ वटा यातायात व्यवस्था कार्यालयहरु मध्ये २ वटा पूर्ण रुपमा २ वटा आंशिक क्षति भएको मन्त्रालयले बताएको छ ।