‘आफू अब एक्लिदै जाने हो कि भन्ने चिन्ता लाग्छ’ – प्रचण्ड

8

काठमाडौं – नेकपा (माओवादी) केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अब एक्लिदै जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।

दाहालले चिनियाँ कम्युनिष्ट पार्टीका नेता माओ जीवनको अन्तिम कालमा एक्लिएको दृष्टान्ट पेश गर्दै आफूलाई पनि कहिलेकाँही १/२ वर्षपछि यस्तै हुने होकि भन्ने चिन्ता लाग्ने गरेको बताए।

आइतबार काठमाडौंमा आयोजित ‘नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तकको बिमोचन कार्यक्रममा बोल्दै उनले आफ्नो दिमागमा कहिलेकाँही त्यस्तो खालको चिन्तन आउने गरेको बताए । उनले त्यसबारे मनन गरिदिन बाम बुद्धिजीविहरुलाई आग्रह समेत गरेका थिए ।

‘कहिलेकाँही मलाई पनि यस्तै हुँदो रहेछ। १/२ वर्ष जतिमा एक्लो पो हुने हो कि? माओले भनेजस्तै ‘म एक्लो हुँ,’ भन्नुपर्ने हो कि? कहिलेकाँही यस्तो चित्र पनि मेरो दिमागमा आउँछ के। तपाईहरु यो पनि चिन्तन,मनन गरिदिनुहोला। नेपाली कम्युनिष्ट आन्दोलनको कार्यदिशाका सन्दर्भमा यो रोग के हो ? उनले भने।

अध्यक्ष दाहालले केपी ओलीप्रति संकेत गर्दै पुस्तकमा नहुनुपर्ने मान्छेको सन्दर्भमा धेरै लेखिएको भन्दै असन्तुष्टि पनि व्यक्त गरे।

समाचार वर्गहरू