आर्मी आहा रारा गोल्डकपको सेमिफाइनलमा

50

(पोखरा) – विभागीय त्रिभुवन आर्मी क्लब पोखरामा जारी आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा मंगलबार भएको खेलमा संकटा क्लबलाई ३–० गोल अन्तरले हराउँदै विभागीय आर्मी सेमिफाइनल प्रवेश गरेको हो ।

मंगलबार भएको खेलमा आर्मीलाई जित दिलाउन सुदिल राई, नवयुग श्रेष्ठ र विवेक बस्नेतले गोल गरे । खेलको १५ औं मिनेटमा सुदिल राईको गोलबाट आर्मीले खेलमा अग्रता बनाएको थियो । खेलको ७१ औं मिनेटमा नवयुग श्रेष्ठको गोलबाट आर्मीले २–० को अग्रता बनायो ।

सुदिलको स्थानमा मैदान प्रवेश गरेका विवेक बस्नेतले ७५ औं मिनेटमा आर्मीका लागि गोल गर्दै सेमिफाइनल यात्रा सुनिश्चित गरे । खेलमा नवयुग म्यान अफ दी म्याच घोषित भए । आर्मीले बिहीबार मनाङ मर्स्यादीसँग सेमिफाइनल खेल्नेछ । प्रतियोगिता अन्तर्गत बुधबार पहिलो सेमिफाइनलमा नेपाल पुलिन र थ्रीस्टार क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

समाचार वर्गहरू