इजरायल पठाउने भन्दै ठगी गर्ने गिरोह सक्रिय

162

काठमाडौं – केयरगिभरका लागि इजरायलमा नेपाली कामदार पठाउने भन्दै ठगी गर्ने गिरोह सक्रिय भएका छन्।

वैदेशिक रोजगार विभागका महानिर्देशक डन्डुराज घिमिरेले शुक्रबार विज्ञप्ति जारी गर्दै ठगी गर्ने गिरोह सक्रिय रहेकाले सचेत रहन आग्रह गरेका छन्।

इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार ‘केयरगिभर’का लागि कामदार पठाउन गत असार ११ गते आवेदन खुलाइएको छ। आवेदनहरू आउने क्रममा नै छन्। विभागले इजरायलमा केयरगिभरका लागि ८ सय जनाका लागि  विज्ञापन आह्वान गरेको थियो।

महानिर्देशक घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कामदार पठाउनको लागि वैदेशिक रोजगार विभागले जी टू जी प्रक्रिया अपनाएको छ। यही प्रक्रियामार्फत नै निष्पक्ष र पारदर्शी तरिकाले कामदार छनोट हुने नै छ। यही क्रममा इजरायलमा कामदार पठाइदिने भन्दै पैसा असुल्ने गिरोह सक्रिय रहेको पाइएको छ। वैदेशिक रोजगार विभागमा विभिन्न गिरोहले पैसा उठाउँदै हिँडेको भन्ने सूचना आएको बताउँदै महानिर्देशक घिमिरेले गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

उनका अनुसार यस्ता व्यक्ति तथा समूहले कामदार छनोट प्रक्रियाबारे भ्रामक सूचना फैलाएका छन्। गलत र भ्रामक सूचनालाई विश्वास नगर्न र विभागको आधिकारिक सूचना हेर्नका लागि घिमिरेले आग्रह गरे। विभागले रोजगारीको प्रलोभन देखाई विभिन्न व्यक्ति तथा समूहहरूबाट देखाइएको प्रलोभनमा नपर्नसमेत सबैमा अनुरोध गरेको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू