काठमाडौं – नेपाली काँग्रेसका तर्फबाट इन्द्रावती गाउँपालिकाका उम्मेदवार बिकास लामाले इन्द्रावतीको अधुरा काम पुरा गर्नकालागी आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।
नेपाली काँग्रेस इन्द्रावती गाउँपालिकाद्वारा आयोजित एक कार्यक्रममा बोल्दै नेपाली काँग्रेस सिन्धुपाल्चोकका निवर्तमान सभापति समेत रहेका उम्मेदवार लामाले काँग्रेसको विजय पश्चात समृद्ध इन्द्रावतीकालागी नमुनायोग्य कामहरुको शुरुवात भएकोले यि अधुराकाम सम्पन्न गर्न आफ्नो उम्मेदवारी रहेको बताए ।
लोकतान्त्रिक व्यवस्थाको नियमित प्रक्रिया पुरागर्ने उद्देश्यले मात्र काँग्रेसले उम्मेदवारी नदिएको बताउँदै लामाले इन्द्रावतीका आम नागरिकको सुखदुखको भरोसाको रुपमा आफ्नो उपस्थिति रहने बताएका थिए ।
इन्द्रावतिका १२ वटै वडाको विकासका सम्भावनाहरु सहितको योजना बताउँदै लामाले आफ्नि श्रीमति एवं पुर्व गाउँपालिका उपाध्यक्ष स्वर्गिय मिरा अधिकारी लामाको सपना साकार पार्नु आफ्नो कर्तब्य भएको बताए ।
नेपाली काँग्रेस इन्द्रावती गाउँपालिकाका सभापति जिवनकुमार थापामगरको सभापतित्वमा भएको कार्यक्रममा नेपाली काँग्रेसका पुर्व केन्द्रिय सदस्य विष्णुविक्रम थापा, इन्द्रावती गाउँपालिकाका अध्यक्ष बंशलाल तमाङ लगायत गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडा अध्यक्षका उम्मेदवारहरुले आ-आफ्नो चुनावी योजनाका बारेमा धारणा सार्वजनिक गरेका थिए ।