इन्द्रावतीको बस्ती-बस्तीमा कोरोना परिक्षणकोलागी स्वास्थ्यकर्मीको टोली परिचालीत

13

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले टोलटोलमा पुगेर विरामीको परिक्षण गर्न थालेको छ । इन्द्रावतीले औषधिसहितको स्वास्थ्यकर्मीको टोली बस्ति बस्तिमा लगेर गाउँवासीको स्वास्थ्य जाँच गर्न थालेको हो ।

कोरोना संक्रमति भएकाहरुलाई आवश्यक औषधि दिने, संक्रमितको सम्पर्कमा रहेकाहरुको स्वाब संकलन गर्ने र अन्य रोगीहरुको समेत घरमै गई स्वास्थ्य जाँच गर्न थालिएको गाउँपालिका अध्यक्ष बंशलाल तामाङले बताए ।

साता दिनदेखि स्वास्थ्य सामाग्री लिएर नवलपुर अस्पतालका डा.धर्मेन्द्र पाण्डेसहित दुई दर्जन स्वास्थ्यकर्मी गाउँवासीको स्वास्थ्य उपचारमै व्यस्त छन् । उनीहरुसँगै गाउँपालिका अध्यक्ष बंशलाल तामाङसहित अन्य जनप्रतिनिधि पनि स्वास्थ्यकर्मीलाई थप सघाउ र व्यवस्थपन मा लागिपरेका छन् ।

२८ हजार भन्दा बढी जनंसख्या भएको इन्द्रावती क्षेत्रको इन्द्रावती–१ देखि १२ वडापिच्छै स्वास्थ्यकर्मी खट्दै घरदैलो अभियानमा खटिइरहेको अध्यक्ष तामाङले जानकारी दिए ।

‘संक्रमित बढ्न नदिन घरदैलोमै पुगेर स्वाब संकलन गर्ने, कोभिडबीच उपचार नपाएका दिर्घ रोगी र अन्य बिरामीलाई औषधी दिएर उपचार गर्ने अभियान चलाइरहेका छौ,’उनले भने । हालसम्म इन्द्रावतीको वडा नं. ६, ८, ९, १०, ११ र १२ मा करिब करिब पहिलोचरणको स्वास्थ्य जाँच सकिएको उनले बताए । बाँकी रहेका वडामा जाँचलाई तीब्रता दिइएको छ ।

कोभिड बाहेक गाउँमा रहेका अन्य विमारीको पनि जाँच गर्ने गरिएको छ । दीर्ग रोगी, सुगर, प्रेसरलगायत अन्य रोगको समेत परीक्षण गरि औषधिसमेत वितरण गरिरहेको गाउँपालिकाले जनाएको छ ।

समाचार वर्गहरू