इन्द्रावतीमा उप निर्वाचनको सरगर्मी ।

16

सिन्धुपाल्चोक, सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका वडा नं ८ मा उपनिर्वाचन नजिकिएसँगै चुनावी चहलपहल ह्वात्तै बढेको छ । नेपाली कांग्रेस , नेकपा , राप्रपा , राप्रपा संयुक्त गरी चार दलले निर्वाचनमा भाग लिएपनि नेपाली कांग्रेस र नेकपाको मुख्य प्रतिस्पर्धा हुने देखिन्छ । नेपाली कांग्रेसबाट निर्वाचित तत्कालीन वडा अध्यक्ष धनबहादुर श्रेष्ठको निधन भएकोले उक्त वडामा उपनिर्वाचन हुन लागेको हो ।

नेपाली कांग्रेसको तर्फबाट सालिन समाजसेवी उम्मेदवार राले तामाङ (अशोक ) चुनावी मैदानमा छन् भने नेकपाको तर्फबाट तत्कालीन माओवादी बाट प्रत्यासी उम्मेदवार केदार आचार्य पुनः चुनावी मैदानमा छन । विगतको निर्वाचनलाई आधार मान्दा गणितीय हिसाबले नेकपा बलियो देखिएपनी समाजमा स्वच्छ छबि बनाएका जनजाति उम्मेदवार उठाएका कारण जनजातिको बाहुल्यता रहेको उक्त वडामा नेपाली कांग्रेसलाई कमजोर आँक्न सकिन्न । संघीय समाजवादी पार्टी बाट उम्मेदवारी दिएका प्रकाश श्रेष्ठले नेपाली कांग्रेसलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिएको र वर्तमान नेकपाको सरकार प्रति आम नागरिकको बितृष्णाको कारण पनि नेपाली कांग्रेसको विजयको  बलियो  आधार देखिन्छ । साविक वडा तथा गाउँपालिकाको समग्र विकासका कामकारबाहीमा कुशलता पुर्वक जनभावनाअनुसारको काम गरेकोले पनि कांग्रेसलाई निर्वाचन जित्न बल पुग्नेछ । कुल १४०४ मतदाता रहेको उक्त वडामा ब्राह्मण क्षेत्रीको तुलनामा तामाङ,  श्रेष्ठ आदि जनजातिको बाहुल्यता रहेको छ ।

जम्मा १२ वडा रहेको इन्द्रावती गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष सहित ७ वडा नेपाली कांग्रेसले जितेको हो भने बाँकी पाँच वडामा तीन वटा तत्कालीन एमाले र दुई तत्कालीन माओवादीले जितेको हो । अध्यक्ष उपाध्यक्ष सहित बहुमत वडा कांग्रेसले जिते पनि पनि कार्यपालिकामा भने कांग्रेस अल्पमतमा भएकै कारण कांग्रेसलाई चुनाव जित्नैपर्ने बाध्यता छ ।

निर्वाचन नजिकिंंदै गर्दा कांग्रेस आफ्नो  विजयको बिरासत जोगाउन लागिपरेको छ भने नेकपा पार्टी एकीकरणको फाइदा हात लाउने दाउमा देखिन्छ ।यसैगरी दुइवटै राप्रपा भने आफ्नो उपस्थिति देखाउन तल्लीन छन् । समग्रमा निर्वाचन अत्य्यन्तै प्रतिस्पर्धात्मक भएतापनी नेपाली कांग्रेसको जित सुनिश्चित भएको नेपाली कांग्रेस  इन्द्रावती ८ का इकाई सभापति यमनाथ चौलागाईंको दाबी छ ।

समाचार वर्गहरू