ईदुल फित्रका दिन घरमै बसेर नमाज पढ्न आग्रह

29

(काठमाडौं) – राष्ट्रिय मुस्लिम आयोगले ईदुल फित्रका दिन घरमै बसेर नमाज पढ्न आग्रह गरेको छ । आयोगको आइबार बसेको बैठकले ईदुल फित्रका दिन पनि घरमै बसेर नमाज पढ्न आग्रह गरेको हो ।

रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदुल फित्रका दिन मस्जिद र मदरासामा गएर सामूहिक नमाज पढ्ने गरिन्छ । यस वर्ष कोरोना भाइरसको महामारीको स्थितिलाई ख्याल गरी ईद पर्वलाई घरमै बसेर मनाउन भनेको आयोगका अध्यक्ष समिम मिया अन्सारीले बताए ।

रमजानको सुरुको दिन पनि कोरोना भाइरस संक्रमणको जोखिमलाई ख्याल गर्दै इस्लाम धर्मावलम्बीहरुले घरमै बसेर नमाज पढेका थिए । आयोगका अध्यक्ष अन्सारीले देशभर रहेका इस्लाम धर्मावलम्बीहरुलाई ईदका दिन सामूहिक नभइ घरमै बसेर नमाज पढ्न आग्रह गरिएको बताए । ईदको नमाज पढेपछि छरछिमेकमा पुगेर एक अर्कामा शुभकामना आदान प्रदान नगर्न समेत उनले आग्रह गरे ।

समाचार वर्गहरू