उदयपुरमा दाउरा प्रहार गरी वृद्धको हत्या गर्ने युवक पक्राउ

5

काठमाडौं – उदयपुरमा एक वृद्धको दाउरा प्रहार गरी हत्या गरिएको छ । कटारी नगरपालिका ६ धप्पर बस्ने सिन्धुली दुधौली नगरपालिका- ७ कटहरेका ६५ वर्षीय बल बहादुर परियारको हत्या भएको हो। 

दलबहादुरको हत्या गरेको अभियोगमा प्रहरीले कटारी नगरपालिका- ६ धप्पर बस्ने स्थानिय ३५ वर्षीय केशरबहादुर परियारलाई गएराति पक्राउ गरेको छ।

गएको सोमबार साँझ केशरले दाउराले हान्दा गम्भीर घाइते भएका बलबहादुरको उपचारको क्रममा ब्लु क्रस अस्पताल त्रिपुरेश्वर काठमाडौँमा गएराति मृत्यु भएको हो। 

प्रहरी चौकी रिस्कुबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ। यस सम्बन्धमा प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू