काठमाडौं – एमालेको सचिवालय बैठक आइतबार बस्दै छ। ललितपुर, च्यासलस्थित पार्टी कार्यालयमा बिहान साढे ११ बजेदेखि सचिवालयको बैठक बस्न लागेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
इलाम—२ को प्रतिनिधि सभा र बझाङ—१ को प्रदेश सभा सदस्यका लागि पार्टीको उम्मेदवार छान्न एमालेको सचिवालय बैठक बस्न लागेको उनले बताए ।
बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुने छ । यसका अतिरिक्त सातौँ केन्द्रीय कमिटी बैठक र सचिवालय बैठकका निर्णयहरू सर्कुलर (अन्तर पार्टी निर्देशन) कारूपमा पठाउन पनि बैठक बस्न लागेको हो।
इलाम—२ को प्रतिनिधि सभा र बझाङ—१ को प्रदेश सभा सदस्यका लागि वैशाख १५ गते उपचुनाव हुँदैछ।