उपराष्ट्रपतिको शपथ सोमबार बिहान १० बजे

18

काठमाडौं – नवनिर्वाचित उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथग्रहणको कार्यक्रम तय भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ।

यादव यही चैत ३ मा उपराष्ट्रपति पदनमा निर्वाचित भएका हुन्। निर्वाचनमा यादवले ३० हजार ३२८ मतभार प्राप्त गरेका थिए। निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ।

निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाइसकेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू