उपाध्यक्ष महरा पक्राउबारे छलफल गर्न माओवादी पदाधिकारी बैठक बस्दै

6

काठमाडौं – सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज बस्दै छ । बैठक केही समयपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु हुनेछ । 

बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ । साथै पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा सुन प्रकरणमा पक्राउ परेको बारेमा पनि छलफल हुने बताइएको छ ।

माओवादीले सोमबारनै पदाधिकारी बैठक बोलाउने तयारी गरेपनि प्रधानमन्त्री एवं अध्यक्ष पुष्पकमल दाहालको कार्यव्यस्तताले बिहान बस्न लागेको हो ।

बैठकमा महराको विषयसँगै समसामयिक राजनीतिक घटनाक्रमका बारमो छलफल हुने पौडेलले बताए ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू