उपाध्यक्षले कुटपिट गरेको भन्दै गाउँपालिकाका अध्यक्षले दिए उजुरी

3

काठमाडौं – जुम्लाको गुठीचाैर गाउँपालिकामा उपाध्यक्षले कुटपिट गरेको अध्यक्षले प्रहरी प्रसाशनमा उजुरी दिएका छन् ।

अध्यक्ष दानबहादुर बुढाले उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले आफूलाई हातपात गरेको भन्दै आइतबार साँझ जिल्ला प्रशासन र प्रहरी कार्यालयमा गएर उपाध्यक्ष भण्डारीविरुद्ध उजुरी दिएका हुन् ।

उपाध्यक्ष शान्तिकुमारी मल्ल भण्डारीले कार्याकक्षमै आएर आफूलाई थप्पड हान्नुका साथै चप्पलले हिर्काएको अध्यक्ष बुढाको आरोप छ ।

उपाध्यक्ष भण्डारीले अध्यक्ष बुढाले आफ्नो अधिकार खोसेको र बजेटमा मनपरी गरेको भन्दै आइतबार अध्यक्ष बुढामाथि हातपात गरेको प्रत्यक्षदर्शी समेत रहेका कर्मचारीहरूले बताएका छन् ।

‘उहाँले अध्यक्षकाे कार्यकक्षमा पुगेर हातले गालामा दुई थप्पड हिर्काएपछि चप्पलले पनि हिर्काउनुभयो,’ पालिकाका प्रवक्ता अर्जुन महताराले भने ।

महताराका अनुसार अध्यक्ष बुढाकाे कार्यकक्षमा केही वडाध्यक्षहरू बसेर बजेटका विषयमा छलफल भइरहेको बेला एक्कासी उपाध्यक्ष कार्यकक्षमा आएर अध्यक्षमाथी हातपात गरेकी हुन् ।

उपाध्यक्ष भण्डारीले बजेटमा अध्यक्षले मनपरी गरेको भन्दै हातपात गरेको महताराको भनाइ छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू