एअर इन्डिया दुर्घटनामा ज्यान गुमाउने परिवारलाई टाटा समुहले जनही १ करोड दिने

124

काठमाडौं – एयर इन्डियाको २३० यात्रु र १२ चालक दलका सदस्य सवार विमान हिजो उड्ने बित्तिकै अहमदाबादको सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको थियो ।

उक्त दुर्घटनामा एकजना मात्र बाँच्न सफल भएका थिए भने बाँकी सबैको मृत्यु भएको थियो । यो दुखद घटनाले सिंगो देशलाई स्तब्ध बनाएको छ ।

टाटा समूहले एयर इन्डियाको विमान दुर्घटनामा दुःख व्यक्त गर्दै पीडितका परिवारलाई सहयोग गर्ने घोषणा गरेको छ। टाटा समूहका अध्यक्ष एन. चन्द्र शेखरनले सोशल मिडिया प्लेटफर्म एक्समा लेखेका छन् ‘एयर इन्डिया उडान १७१ सँग सम्बन्धित घटनाबाट गहिरो दुः खी छ। यस क्षणमा हामीले जतिसुकै दुःख महसुस गरिरहेका छौं, त्यो व्यक्त गर्न सकिँदैन। आफ्ना प्रियजनहरू गुमाएका पीडित परिवारहरूप्रति प्रार्थना र समवेदना।’

यससँगै टाटा समूहले प्रत्येक पीडित परिवारलाई १ करोड रुपैयाँ दिने घोषणा गरेको छ । टाटा समूहले आवश्यक हेरचाह र सहयोग सुनिश्चित गर्ने र चिकित्सा खर्च पनि बेहोर्ने बताएको छ। साथै, मेडिकल होस्टल निर्माणमा सहयोग उपलब्ध गराइनेछ। टाटाले यस समयमा आफू पीडित परिवार र सम्पूर्ण समुदायको साथमा रहेको बताएको छ । एजेन्सी

समाचार वर्गहरू