काठमाडौं – नेकपा एमालेको पोलिटब्युरो बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेता कार्यकर्तालाई कडा निर्देशन दिएका छन्।
ओलीले नेता–कार्यकर्तामा चारित्रिक विचलन देखिएको भन्दै पार्टी छाड्न वा मोजमस्तीमा लाग्न दुईमध्ये एक विकल्प रोज्न निर्देशन दिएका हुन् ।
ओलीले पार्टीभित्र अनुशासनहीन, नैतिकहीन र चरित्रहीन गतिविधि बढेको विषय उठेपछि यस्तो विकल्प रोज्न सुझाव दिएका थिए। यही प्रकरणका कारण एमालेका केन्द्रीय सदस्य ऐन महर केही समयअघि निलम्बनमा परेका थिए।
कर्णाली प्रदेशका अध्यक्ष गुलाबजंग शाहलाई समेत एमालेको अनुशासन आयोगले जबाफ सोधेको छ। यस्तै प्रकरणमा एमाले नेता महेश बस्नेत लगाएतको नाम पनि चर्चामा छ ।