एमालेको पोलिटब्यूरो बैठक बस्दै

5

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्यूरो बैठक सोमबार आज काठमाडौँमा बस्दैछ। स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न विहान ११ बजे कार्की ब्याङ्केटमा बैठक बस्ने भएको हो ।

बैठकमा समसामयिक राजनीतिक स्थितिको विश्लेषण, स्थानीय निर्वाचनका लागि पार्टीको घोषणापत्र, उम्मेदवार छनोटको मापदण्डलगायत विषयमा छलफल हुने जनाइएको छ।

यही चैत १ गते भएको एमालेको सचिवालय बैठकले पोलिटब्यूरो, केन्द्रीय कमिटी र स्थायी कमिटीका बैठक तय गरेको थियो। स्थायी कमिटीको बैठक यही चैत १३ गते बस्ने तय भएको छ।

समाचार वर्गहरू