एमालेको राष्ट्रिय कार्यशाला कार्यक्रम काठमाडौमा जारी

5

काठमाडौँ । नेकपा एमाले केन्द्रीय संगठन विभागको आयोजनामा जेठ २० र २१ गते राष्ट्रिय कार्यशाला आयोजना गरिएको छ । ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ विषयक दुई दिने राष्ट्रिय कार्यशालाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको एमाले प्रचार विभागले जनाएको छ ।

काठमाडौँको बबरमहलस्थित कार्की बैंक्वेटमा सो कार्यशाला गोष्टी जारी रहेको छ । फागुन २१ को निर्वाचनपछि अध्यक्ष ओली पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागी भएका हुन ।

पार्टीको सांगठानिक सुदृढीकरण र गतिशीलताका लागि आयोजना गरिएको कार्यशालामा सबै प्रदेश तथा जिल्ला इन्चार्जहरू (भारत प्रवास समेत) को सहभागिता रहेको एमालेले जनाएको छ ।

त्यस्तै पार्टीका प्रदेश कमिटी वा सो सरहका कमिटीका पदाधिकारी र कार्यालय सचिवहरू, जिल्ला कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूका साथै जनसंगठन केन्द्रीय कमिटीका अध्यक्ष र संगठन विभाग प्रमुखहरूको सहभागीता रहेको छ ।

दुई दिने सम्म सञ्चालन हुने सो कार्यशालामा पार्टीको सदस्यता विस्तार, नवीकरण प्रक्रिया र सांगठनिक सुदृढीकरणका भावी योजनाबारे सघन छलफल तथा उत्प्रेरणामूलक अभिमुखीकरण गरिने बताइएको छ ।

समाचार वर्गहरू