(मोरङ) – लागू औषध सहित मोरङबाट एक जना पक्राउ परेका छन् । लागू औषध सहित सुनसरी धरान उपमहानगरपालिका १६ बस्ने २१ वर्षीय प्रभु शाहलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीले उनलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
उनको साथबाट सुन्दरहरैचा नगरपालिका ९ विराटचोकबाट औषधोपयोगी लागूऔषध स्पासपेन २ सय ४० एम्पुल र रिमाडोल २ सय ४० एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।