काठमाडौं – निरा पाण्डे आचार्यको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
गत वैशाख ७ गते आमाको मुख हेर्ने दिन पसलमै मारिएकी कपनको सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निराको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले झापाबाट विनोद विकलाई पक्राउ गरेको हो ।
प्रकरणको अनुसन्धानका लागि गठित छानबिन समितिले शनिबार राती उनलाई पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका विकको बारेमा थप अनुसन्धान पछि सार्वजनिक गरिनेछ । उनलाई काठमाडौँ ल्याउने तयारी भइरहेको बुझिएको छ ।
घटनाबारे अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यको नेतृत्वमा समिति गठन गरेको छ ।