कमल थापाले जिते दोस्रो एमेच्योर टेनिसको उपाधि

114

काठमाडौं –  राप्रपा नेपालका अध्यक्ष कमल थापाले दोस्रो एमेच्योर टेनिस प्रतियोगिताको सिंगल्स र डबल्स दुवैतर्फको उपाधि जितेका छन् ।

मण्डिखाटारस्थित टेनिस कोर्टमा शनिबार बिहान भएको खेलमा ६५ वर्ष उमेर समूहको सिंगल्स र डबल्स दुवै तर्फको उपाधि थापाले जितेका हुन् ।

सिंगल्सतर्फको फाइनल भिडन्तमा थापाले कर्मा घलेलाई पहिलो सेट ६-० र दोस्रो सेट पनि ६-० ले पराजित गरेका हुन् । यसैगरी, डबल्सतर्फको फाइनलमा थापा र छाम्बा ढुन्डुपको जोडीले मनोज राणा र प्रकाशसिंह बोगटीको जोडीलाई पराजित गरेको हो ।

पहिलो सेट ६-२ ले आफ्नो पक्षमा पारेको थापाको जोडीले दोस्रो सेटमा ६-३ को जित निकालेको हो । थापा टेनिसको भेट्रानतर्फ लामो समयदेखि आफ्नो उमेर समूहको शीर्ष स्थानमा छन् ।

समाचार वर्गहरू