करिब ५७ प्रतिशतले घट्यो नेपाल टेलिकमको नाफा

104

काठमाडौं – नेपाल टेलिकमको नाफा करिब ५७ प्रतिशत घटेको तथ्याङ्क सार्वजनिक भएको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरणअनुसार गत बर्षको खुद नाफा जम्मा २ अर्ब ६६ करोडमा खुम्चिएको हो ।

अघिल्लो आर्थिक वर्ष यस्तो नाफा ६ अर्ब २३ करोड थियो । वित्तीय आम्दानी उल्लेख्य रहँदै आएको टेलिकमको सो आम्दानीमा आएको उच्च गिरावटले नाफामा असर परेको छ ।

सेवा बिक्रीवापतको आम्दानी पनि घटेको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ३४ अर्ब ५६ करोड रहेकोमा गत आर्थिक वर्ष ३४ अर्ब ५३ करोड छ । जगेडा कोषको आकार ७१ अर्ब १५ करोड छ ।

वार्षिक प्रतिसेयर आम्दानी अघिल्लो आर्थिक वर्ष ३४ रुपैयाँ ६४ पैसा रहेकोमा गत आर्थिक वर्ष १४ रुपैयाँ ८२ पैसा छ । प्रतिसेयर नेटवर्थ ४९५ रुपैयाँमा झरेको छ । हाल बजारमा सेयर मूल्य प्रतिकित्ता ८७६ रुपैयाँ छ ।

मुद्दती निक्षेपमा कम्पनीको लगानी घट्नु र ब्याजदर घट्दा वित्तीय आम्दानीमा उच्च गिरावट आएको छ । यस्तो आम्दानी अघिल्लो आर्थिक वर्षमा ६ अर्ब ७८ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्षमा ३ अर्ब ७० करोडमा खुम्चिएको छ ।

समाचार वर्गहरू