‘कांग्रेस, एमाले र माओवादी विचारले एउटै हुन्’ – लिङ्देन

8

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले तीन ठूला दल नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र विचारले एउटै पार्टी भएको बताएका छन् ।

राप्रपा रुपन्देहीले सोमबार भैरहवामा आयोजना गरेको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले तीन ठूला दल नामले फरक भएपनि विचारका हिसाबले फरक नभएको टिप्पणी गरेका हुन् ।

लिङ्देनले राजसंस्था र हिन्दुराष्ट्र नेपालको स्थायित्वको आधार भएको दावी गर्दै लिङदेनले राजतन्त्र र गणतन्त्रमध्ये कुन व्यवस्था महंगो भनेर तुलना गर्ने समय आएको टिप्पणी गरे ।

कार्यक्रममा राप्रपा उपाध्यक्ष ध्रवबहादुर प्रधान, वरिष्ठ नेता दीपक बोहरा, प्रवक्ता ज्ञानेन्द्र शाही, केन्द्रीय सदस्य रेखा थापा लगायतले आउँदो निर्वाचन राप्रपाा निर्णायक शक्ति बन्ने बताए ।

समाचार वर्गहरू