कांग्रेस बैठकको तेस्रो दिन ३५ जनाले बोले, अझै दुई चल्ने

3

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक अझै दुई दिनसम्म सञ्चालन हुने भएको छ ।

बिहीवार पार्टी केन्द्रीय कार्यालयमा तेस्रो दिनको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता प्रदीप पौडेलले अझै दुई दिन बैठक चल्ने बताएका हुन् ।

उनले बैठकमा केन्द्रीय कार्यसमिति सदस्यहरुले बोल्ने क्रम नसकिएको र सबैले बोलिसक्न अझै दुई दिनसम्म बैठक चल्न सक्ने बताएका हुन् ।

काँग्रेस बैठक शुक्रबार र आइतबार बस्नेछ । शनिबार वीपी स्मृती दिवस परेकोले कांग्रेसले विशेष कार्यक्रम गर्ने भएको छ ।

यसैबीच तेस्रो दिन बिहीबार ३५ सदस्यले बोलेका छन् ।

बिहीबार केन्द्रीय सदस्यहरु सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, चन्द्रबहादुर के।सी।, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, राजेन्द्रकुमार केसी, उमेश श्रेष्ठ, राजीवबिक्रम शाह, डा.चन्द्रमोहन यादव, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, ई. मोहन आचार्य, मुक्ताकुमारी यादव, रंगमती शाही, मञ्जुकुमारी यादव, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल केसी, आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझी र आमन्त्रित कोशी प्रदेशका सभापति उद्धव थापाले आ–आफ्ना धारणा राखेका थिए ।

शुक्रबारको बैठक नियमित जस्तै बिहान ११ बजेदेखि नै शुरु हुने बताइएको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू