कांग्रेसको प्रमुख सचेतकमा थापा चयन, राष्ट्रिय सभा दलको नेताबाट सिटौलालाई हटाई पन्त मनोनित

92

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको छ । संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रमुख सचेतकमा थापा र सचेतकमा राईलाई आज मनोनयन गरेका हुन्।

कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३० को धारा १३ (२)  बमोजिम मुख्य सचेतकमा थापा र धारा १३ (३) बमोजिम सचेतकमा राईलाई मनोनयन गरिएको संसदीय दलको कार्यालयले जनाएको छ । यसैबीच, काठमाडौं । राष्ट्रिय सभामा कांग्रेस दलको नेतामा कमला पन्त मनोनित भएकी छन् ।

उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनित गरेका हुन् । यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला थिए । आङ्देम्बेले उनलाई हटाएर पन्तलाई मनोनय गरेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।

कांग्रेस विधानमा प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने व्यवस्था छ । सिटौला कांग्रेसमा शेरबहादुर देउवा समूहका हुन् । पन्त भने गगन थापा समूहकी हुन् । उनी विशेष महाधिवेशनको पक्षमा समेत खुलेकी थिइन् ।

समाचार वर्गहरू