कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपति यादवलाई

68

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले उपराष्ट्रपति रामसहाय प्रसाद यादवलाई कार्यभार तोकेका छन् ।

राष्ट्रपति पौडेलले आफ्नो अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य नेपालको संविधानको धारा ६७ को उपधारा (२) बमोजिम उपराष्ट्रपति यादवबाट सम्पादन गरिनेगरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेल अजरबैजानको बाकु सहरमा आयोजना हुने जलवायु परिवर्तन सम्बन्धी पक्ष राष्ट्रहरूको २९औं सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गरेका छन् ।

सम्मेलनमा सहभागी भई राष्ट्रपति पौडेल यही कात्तिक ३० गते शुक्रबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

समाचार वर्गहरू