किङ्स एलाभेन पञ्जाब आईपीएलको लिग चरणबाटै बाहिरियो

28

एजेन्सी – किङ्स एलाभेन पञ्जाव, ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलको लिग चरणबाटै बाहिरिएको छ । आबुधाबीमा आइतबार भएको लिग चरणको अन्तिम खेलमा चेन्नई सुपर किङ्ससँग ९ विकेटले पराजित भएसँगै पञ्जाबको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको हो ।

चेन्नई भने यसअघि नै बाहिरिएको थियो । १४ खेलबाट पञ्जाव र चेन्नईले समान १२ अंक मात्र जोड्न सके । पञ्जाबले दिएको १ सय ५४ रनको लक्ष्य चेन्नईले ७ बल बाँकी छँदा एक विकेट गुमाएर भेट्टायो । उसको जितमा नटआउट रहँंदै रितुराज गाईकवाडले ६२ र अम्बाती राईडुले ३० रन बनाए । फाफ डु प्लेसिसले ४८ रन जोडे ।

यसअघि आबुदाबीस्थित शेख जायेद अन्तराष्ट्रिय क्रिकेट मैदानमा पहिला व्याटिङ गरेको पञ्जावले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ५३ रन बनाएको थियो । उसका लागि दीपक होण्डाले नटआउट ६२ रन बनाए । उनले ३० बलमा ४ छक्का र ३ चौका प्रहार गर्दै पन्जाबको इनिङ्स उकासेका थिए ।

लुङ्गी निग्दीले ३ विकेट लिए । यस्तै, कप्तान केएल राहुलले २९ रन जोड्दा मयांक अग्रवाल २६ रनमा आउट भए । मन्दिप सिंहले १४ तथा क्रिस गेलले १२ रन बनाए । चेन्नईका लुंगी एनजिडीले ३ विकेट लिए । सार्दुल ठाकुर, इमरान ताहिर र रविन्द्र जडेजाले १/१ विकेट लिए ।

समान १२ अंक भएपनि रन रेटमा राजस्थान छैठौं र कोलकात्ता सातौं स्थानमा छ । आजको खेलको विजेताको प्लेअफमा पुग्ने सम्भावना कायम रहनेछ । यद्यपि, अन्य खेलको नजितामा भर पर्नु पर्नेछ । सोमबार रोएल च्यालेन्जर्स बैंङलोर र देल्ली क्यापिटल्स तथा पर्सि मुम्बई इण्डियन्स र सनराईजर्स हैदरावादबीच खेल हुनेछ ।

समाचार वर्गहरू