कोरोना संक्रमणबाट बुटवलमा थप ३ जनाको मृत्यु

25

बुटवल – कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीको लुम्बिनी प्रदेशिक अस्पतालको कोभिड अस्पतालमा उपचाररत थप तीन जनाको मृत्यु भएको छ ।

संक्रमणबाट रुपन्देहीको बुटवल उपमहानगरपालिका–११ निवासी ८४ वर्षीय वृद्ध, बुटवल उपमहानगरपालिका–१ निवासी ७० वर्षीय वृद्ध र बुटवल उपमहानगरपालिका–११ निवासी ६१ वर्षीय महिलाको मृत्यु भएको अस्पतालले जनाएको छ ।

बुटवल-११ का ८४ वर्षीय वृद्ध श्वासप्रश्वासमा समस्या र ज्वरो आएर असोज २४ गते अस्पतालमा आएका थिए । आइसीयूमा शय्या अभाव भएपछि उनलाई दाङस्थित बेलझुण्डीस्थित कोरोना अस्पतालमा रिफर गरिदिएको थियो । उनको अस्पताल लैजाँदै गर्दा असोज २४ गते साँझ ८ बजे बाटोमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

बुटवल-१ का ७० वर्षीय वृद्धलाई ज्वरो र श्वासप्रश्वासमा समस्या भएर असोज २४ गते अस्पतालमा भर्ना गरिएको थियो । उनलाई असोज २२ गते कोराना पोजेटिभ देखिएको थियो । उनको उपचारको क्रममा असोज २४ गते ९ः ५५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

त्यस्तै, बुटवल उपमहानगरपालिका–११ निवासी ६१ वर्षीया महिला ज्वरो र श्वासप्रश्वासमा समस्या आएर असोज २१ गते अस्पतालमा भर्ना भएकी थिईन् । अस्पतालका अनुसार उनको सोही दिन कोरोना पोजेटिभ आएको थियो । उनको उपचारको क्रममा असोज २५ गते बिहान २ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

समाचार वर्गहरू