कोशीमा काँग्रेसको ध्यान मध्यावधि चुनाव तर्फ

9

काठमाडौं  – कोशी प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनको आह्वान गरेका छन्। उनले नेपालको संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको लागि दाबी पेश गर्न बुधबार राति आह्वान गरेका हुन्।

प्रदेश प्रमुखको कार्यालयका सूचना अधिकारी रामकुमार श्रेष्ठले जारी गरिएको प्रेस विज्ञप्तिमा नयाँ सरकार गठनका लागि शुक्रबार अपराह्न ५ बजेसम्मको समय दिइएको छ। 

विज्ञप्तिमा भनिएको छ, ‘…..माननीय प्रदेश प्रमुखज्यूले नेपालको संविधानको धारा १६८ को उपधारा (५) बमोजिम कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त गरी प्रदेश सरकार गठन गर्नका लागि कोशी प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कोशी प्रदेश सभाका कुनै सदस्यलाई मिति २०८१ साल वैशाख २८ गते शुक्रबार अपरान्ह ५:०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको छ।’

कोशीमा राजनीतिक संकट गरिहिँदै जाँदा कांग्रेसभित्र मध्यावधि चुनावको माग हुन थालेको छ । केदार कार्की नेतृत्वको सरकार संविधानको धारा १६८ (५) अनुसार गठन भएकाले अब फेरि उपधारा २ मा फर्कने कि प्रदेशससभा विघटन हुने भन्ने संवैधानिक प्रश्न उब्जेको छ ।

कार्कीको सरकारले बहुमत गुमाएपछि अहिले एमाले र माओवादीले धारा १६८ को उपधारा २ मा फर्केर मुखमन्त्रीमा दाबी पेश गर्ने बताइरहेका थिए । तर, बुधबार प्रदेश प्रमुख पर्शुराम खापुङले उपधारा ५ अनुसार नै शुक्रबार साँझ ५ बजेभित्र दाबी पेश गर्न भनेपछी मध्यवधीको माग उठेको हो ।

कोशीका पूर्व सांसदसमेत रहेका कांग्रेस नेता सूयर्माराज राईले अब कुनै अलमल नगरी नेपाली कांग्रेस मध्यावभि चुनावको पक्षमा उभिनुपर्ने बताएका छन् ।

‘कोशीमा कांग्रेसले कुनै अलमल, दुविधा र पार्टीको आन्तरिक कलहको द्वेष नराखी अविलम्ब मध्यावधि घोषणा गर्नुपर्छ,’ कांग्रैस नेता राई भन्छन्, ‘यो लोकतान्त्रिक विधि, राजनीतिको खेल र एकहदसम्म राजनीतिक जीत पनि हो कांग्रेसका लागि ।’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू