काठमाडौं – गएको शनिवार र आइतबार परेको पानी पछि आएको बढी र पहिरोमा परेर कोशी प्रदेशमा मृत्यु हुनेको सङ्ख्या ४७ पुगेको छ ।
असोज १८ गतेयता अविरल वर्षासँगै आएको बाढी र पहिरोलेमा परेर आज सम्ममा मृत्यु हुनेको सङ्ख्या ४६ पुगेको हो ।
प्रदेश प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा इलाम, पाँचथर, मोरङ, सुनसरी, उदयपुर, खोटाङ र भोजपुरका रहेका छन् । कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले बाढी र पहिरोमा परेर हालसम्म ४७ जनाको मृत्यु भइसकेको बताए ।
प्रहरीका अनुसार सबैभन्दा धेरै जनधनको क्षति इलाम जिल्लामा भएको छ । इलाममा हालसम्म मृत्यु हुनेको सङ्ख्या ३९ पुगेको छ ।
पाँचथर र उदयपुरमा दुई–दुई, मोरङ, खोटाङ, सुनसरी र भोजपुरमा एक–एक जनाको मृत्यु भएको एसएसपी पोखरेलले बताए ।
बाढीमा परेर एक जना बेपत्ता छन् । उनको खोजी कार्य भइरहेको पोख्रेलले बताए । उनले भने, बेपत्ता हुने इलामकै हुन् उनको खाजी कार्य भइरहेको छ । बाढी, डुबान र पहिरोमा फसेका दुई हजार एक सय पाँच जनालाई सुरक्षाकर्मीले सकुशल उद्धार गरेका छन् ।