कोसी प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु

3

काठमाडौं – प्रदेश प्रमुख पर्शुराम खापुङले कोसी प्रदेशमा नयाँ सरकार गठनका लागि आइतबार आह्वान गरेका छन्।

प्रदेश प्रमुखले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम असार २१ गते बिहीबार अपरान्ह ५ बजेसम्मको म्याद दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् ।

संविधानको यही धारा अनुसार यसअघि गठन भएको नेकपा (एमाले) कोसी प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनको आह्वान गरेका हुन्।

‘प्रदेश प्रमुखले कोसी प्रदेशसभामा कुनैपनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभाको सदस्यलाई सरकारको मुख्यमन्त्री नियुक्ति गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन गर्ने प्रयोजनका लागि आफ्नो दाबी पेश गर्न आह्वान गर्नु भएको छ,’ प्रदेश प्रमुखको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

९३ सदस्यीय प्रदेशसभामा सरकारलाई बहुमत जुटाउनका लागि ४७ मत आवश्यक पर्छ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू