काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढेको छ ।
निगमले सार्वजनिक गरेको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची अनुसार खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर १ सय ५० रुपैयाँले बढेको हो ।
बढेको मूल्य बिहीबार राती १२ बजेदेखि नै लागू भइसकेको निगमले जनाएको छ ।
योसँगै अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६० रुपैयाँ पुगेको छ । यसअघि खाना पकाउने ग्यासको मूल्य प्रति सिलिन्डर २ हजार १० थियो । उपभोक्ताले आधा सिलिन्डर ग्यासलाई १ हजार ५ रुपैयाँ तिर्दै आएका थिए ।
तर, अब भने आधा सिलिन्डर ग्यासलाई १ हजार ८० रुपैयाँ पर्नेछ । यता निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य भने घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य २ र डिजेल-मट्टितेलको मूल्य १२ रुपैयाँले घटेको छ ।