खोला पुजा गर्दै माझी समुदायको मौलिक पर्व ‘लदी’ अर्थात् ‘कोशी पर्व’ सम्पन्न

5

सिन्धुपाल्चोक – खोलालाई भगवानका रूपमा मान्दै माझी समुदायले सामूहिक पूजा तथा नदी सफा गरी मङ्गलबार धुमधामका साथ मौलिक ‘लदी’ अर्थात् ‘कोशीपर्व’ मनाएका छन् ।

कोशी पूजा संरक्षण समिति जालपादेवी माझी गाउँ युवा क्लबको आयोजना र नेपाल माझी उत्थान सङ्घ सिन्धुपाल्चोकको सहआयोजनामा भएको कार्यक्रममा पूजासँगै सामूहिक भोज र नाचगान गरी उनीहरूले यो पर्व मनाएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथी मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले हिजोको र आजको युगमा धेरै फरक भै सकेको बताए । यहाँको सुन्दर हावा पानी नदि सरसफाइका लागि माझी समुदायले हरेक बर्ष कोशी पुजा गर्दै आएकोमा उहाँले धन्यवाद ब्यक्त गरे । नगर प्रमुख तामाङले पुर्खाले गर्दै आएको संस्कार र संस्कृती लाई अगाँल्दै शिक्षासँग जोडिनका लागि पनि सुझाएका थिए ।

विशेष अतिथि उपप्रमुख उमा प्रधानले कोशी पुजा संरक्षण लाई अभियानको रुपमा अगाडी बढाएकोमा माझी समुदाय र आयोजक लाई धन्यवाद ब्यक्त गरिन् । संस्कार र संस्कृति सहित आफ्नो भाषा भेषभुषाको पनि संरक्षण गर्नुपर्नेमा प्रधानको जोड थियो । उनले माझी समुदायको माग र सहयोगलाई नगरपालिकाले विशेष रुपमा लिएको भन्दै सहयोग गर्ने प्रबिद्दता ब्यक्त गरिन्।

जिल्लाका माझीहरूले कोशीपर्व मनाउन मेलम्ची –१२ स्थित इन्द्रावती नदीको किनारमा मौलिक पोशाकमा भेला भएर खोलाको सामूहिक पूजा गरेका थिए । सीमान्तकृत माझी समुदायले पछिल्लो समय कोशीपर्व भव्यरूपमा मनाउँदै आएको स्थानीय पूर्ण माझीले बताए ।

माझी समुदायले लदीपर्वलाई राष्ट्रिय पर्वको मान्यता तथा सार्वजनिक बिदा दिन माग गर्दै आएका छन् । लोप हुँदै गएको कोशीपर्व नेपाल माझी उत्थान सङ्घले २०५५ सालमा सिन्धुलीको मरिनखोलामा पूजा गरेर मनाउन थालेको हो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू