गण्डकी प्रदेशका पूर्व प्रमुख गुरुङको निधन

220

काठमाडौं – गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट लामो समयदेखि ग्रसित  गुरुङको शनिबार बिहान निधन भएको हो ।

नेपाली कांग्रेस चितवनका अध्यक्ष राजेशवर खनालले पूर्व प्रमुख गुरुङको उनकै निवास भरतपुरको दिब्यनगरमा निधन भएको जानकारी दिए ।

तत्कालीन कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङघलेलमा २००६ सालमा जन्मेका गुरुङलाई २०७८ साउन १२ गते  तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखमा नियुक्ति गरेका थिए ।

गुरुङका छोरा हाल क्यानडा भएका कारण उनि फर्किएपछि अन्तिम संस्कार गरिने बताइएको छ । छोरा आइतबार बिहान नेपाल आइपुग्ने र त्यसपछि दिउँसो देवघाटमा दाहसस्कार गर्ने कार्यक्रम रहेको कांग्रेस नेता दलबहादुर गुरुङले जानकारी दिए । गुरुङका श्रीमती र एक छोरा छन् ।

समाचार वर्गहरू