गुणाकर अड्केपछी गभर्नरमा कांग्रेसको विकल्प को, ज्ञानेन्द्र कि अंगराज ?

89

काठमाडौं – सत्तारूढ दल नेपाली कांग्रेसले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विकल्पका बारेमा छलफल थालेको छ । कांग्रेसको पहिलो रोजाइका रुपमा हेरिएका डा. गुणाकर भट्टको राजीनामा स्वीकृत नहुँदा काँग्रेसले विकल्प अघिसार्ने तयारी गरेको हो ।

शुक्रबार बिहान बसेको पार्टी पदाधिकारी, पूर्वपदाधिकारी तथा मन्त्रीहरुबीचको बैठकमा पार्टी सभापति शेरबहादुर देउवाले नयाँ विकल्प दिने संकेत गरेका हुन् ।

देउवा निवास बूढानीलकण्ठमा बसेको बैठकमा देउवाले राष्ट्र बैंककी कायम मुकायम गभर्नर डा. नीलन ढुंगाना तिम्सिनाका कारण गभर्नर नियुक्ति ढिला भएको बताएका थिए । प्रधानमन्त्री केपी शर्मा ओली वा दुई दलबीच कुरा नमिलेकाले गभर्नर नियुक्त हुन नसकेको हल्लाहरुमा सत्यता नभएको उनले नेताहरुलाई बताएका थिए ।

कामु गभर्नर ढुंगानाले भट्टको राजीनामा कुनै पनि हालतमा स्वीकृत नगर्ने अडान राखेकी छन् । भट्टको राजीनामा स्वीकृत नभएर अर्का योग्यलाई अघि सार्ने तयारी रहेको उनको दाबी छ ।

कामु गभर्नर नीलमले आफ्नो हातले गुणाकरको राजीनामा स्वीकृत गर्नै नसक्ने बताइरहँदा गुणाकरलाई रोक्न सकेको खण्डमा कांग्रेसकै भागमा पर्दा आफ्ना काका ज्ञानेन्द्र ढुंगाना गभर्नर बन्नसक्ने आँकलन गरेर अडान कायमै राखेकी स्रोत बताउँछ ।

नबिल बैंकबाट राजीनामा दिएर ज्ञानेन्द्र गभर्नर बन्ने प्रतिस्पर्धामा छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले गुणाकर भट्टलाई गभर्नर बनाउन चाहेका छन् भने देउवा पत्नीसमेत रहेकी परराष्ट्रमन्त्री आरजू राणा देउवाले ज्ञानेन्द्रको कुरा गरिरहेकी छन् ।

आरजूले ज्ञानेन्द्र ढुंगाना पनि गर्भनरको लागि योग्य मान्दा देउवानिकट रहेका अर्का एक अर्थशास्त्रीअंगराज तिमिल्सिनाको नाम पनि कांग्रेस वृत्तमा अघि सरेको हो ।

बाजुराबाट विद्यालय शिक्षा पूरा गरेका अंगराज तिमिल्सिनाले अमेरिकास्थित थिंक ट्यांक एण्ड कर्पोरेसनअन्तर्गतको ग्रयाजुएट स्कुलबाट आर्थिक नीति विश्लेषणमा फ्रान्सिस फुकुयामा मातहत रहेर विद्यावारिधी गरेका छन् ।

हाल तिमिल्सिना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) को भ्रष्टाचार बिरोधी परियोजनाका ‘ग्लोबल प्रोग्राम एड्भाइजर’ छन् । सिंगापुरमा रहेर उनले ६० भन्दा बढी मुलुकलाई सुशासन र भ्रष्टाचार बिरोधी मामिलामा सघाउने गर्छन् ।

समाचार वर्गहरू