काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ ।
आइतबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले पुन: आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो । रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताए ।
ति नेताका अनुसार गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने निर्णय गरेको हो ।
आज (आइतबार) बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले रवि लामिछानेलाई पुनः सभापतिको जिम्मेवारी समेत दिएको छ ।
शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैधानिक रहेको फैसला गरेसँगै पार्टी सभापति, सांसद र उपप्रधानमन्त्री एवं गृहमन्त्री पद खारेज भएको थियो ।