गोविन्द भट्टराईलाई जिताएर पठाउनुस् मन्त्री बनाउँछु – प्रधानमन्त्री दाहाल

15

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख १० मा हुने उपनिर्वाचनमा तनहुँ-१ का कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईलाई जिताएर पठाए मन्त्री बनाउने बताएका छन्।

बुधबार तनहुँको डुम्रेमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले तनहुँ १ बाट भट्टराईलाई जिताएर पठाउन आग्रह गर्दै यस्तो बताएका हुन्।

काँग्रेस सभापती शेर बहादुर देउवाले भट्टराईलाई मन्त्री बनाउने इच्छा व्यक्त गरेकोले आफु भट्टराईलाई मन्त्री बनाउन तयार रहेको प्रधानमन्त्री दाहालको भलाई थियो ।

‘गोविन्द भट्टराईलाई मन्त्री बनाउने भनेर शेरबहादुर देउवाजीले भनिसक्नुभयो। अहिले म प्रधानमन्त्री छु, मन्त्री बनाउने मैले हो। शेरबहादुरजीले जिम्मा लिइसक्नुभयो म उहाँसँगै छु’ उनले भने, ‘‘गोविन्द भट्टराईलाई जिताएर पठाउनुस्, रूख चिन्ह हामी सबैको साझा चिन्ह भइसकेको छ।’

तनहुँ १ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेसँगै रिक्त रहेको ठाउँमा वैशाख १० गते उपनिर्वाचन हुन लागेको हो।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू