चर्चितचर्चित हिप-हप र्‍यापर अन्सारी अस्ट्रेलियामा गुन्जिने

820

काठमाडौं – चर्चित नेपाली हिप-हप र्‍यापर नवाज अन्सारी अस्ट्रेलियाको ब्रीजबेनमा गुन्जिने भएका छन् ।

आगामी मंगलबार अर्थात २९ जुलाईमा अन्सारीको भव्य लाईभ कन्सर्ट हुने गोल्डकोस्ट प्रतिनिधि अभियान आचार्यले जानकारी दिए ।

आचार्यका अनुसार द ट्रीफिड ब्रीजबेनमा उक्त कार्यक्रमको निर्देशन सुरज सिंह ठकुरीले गर्नेछन् ।

पहिलोपटक सरकार इन्टरटेन्मेन्टले गर्न लागेको उक्त कार्यक्रमको टाइटल स्पोन्सर `एम्बिसन एजुकेसन एण्ड भिसा सर्भिस´रहेको छ ।

टिकट बिक्रीको आधारमा उक्त कार्यक्रम हेर्नको लागि लगभग एक हजार दर्शकको सहभागीता हुने अनुमान गरिएको आचार्य बताउँछन् ।

समाचार वर्गहरू