चेन्नईलाई १० विकेटले हराउँदै मुम्बई शीर्षस्थानमा

29

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा चेन्नई सुपर किङ्सलाई पराजित गर्दै साविक विजेता मुम्बई इन्डियन्स शीर्ष स्थानमा उक्लिएको छ ।

सारजाहमा शुक्रबार राति भएको खेलमा चेन्नई सुपर किङ्सलाई १० विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो ।

जितको लागि १ सय १५ रनको सामान्य विजयी लक्ष्य पछ्याएको मुम्बईले १२.२ ओभरमा बिनाविकेटको क्षतिमा सहजै पूरा गर्यो । मुम्बईको सानदार जितमा ईशान किशन ३७ बलमा ६ चौका र ५ छक्का सहित ६८ रनमा अविजित रहे । क्विन्टन डी कक ३७ बलमा ५ चौका र २ छक्का सहित ४६ रनमा अविजित रहे ।

त्यसअघि टस हारेर ब्याटिङ थालेको चेन्नईले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १४ रन बनाएको थियो । चेन्नईका युवा ब्याट्सम्यान साम करनले ४७ बलमा ४ चौका र २ छक्का सहित सर्वाधिक ५२ रनको योगदान दिए । इमरान ताहिर १० बलमा २ चौका सहित १३ रनमा अविजित रहे ।

करण र ताहिरले नवौं विकेटका लागि ४३ रनको साझेदारी गरेका थिए । दिपक चाहर, रुतुराज गैक्वाड र एन जगाडेसानले खाता खोल्न सकेनन् । रविन्द्र जडेजा ७ रनमा आउट हुँदा अम्बाती रायडु २ र फाप डु प्लेसिस १ रनमा आउट भए ।

चेन्नईलाई सस्तैमा समेट्न मुम्बईका ट्रेन्ट बोल्टले ४ विकेट लिए । राहुल चाहर र जस्प्रित बुम्राहले २/२ विकेट लिए । कल्टर निलको नाममा १ विकेट रह्यो ।

समाचार वर्गहरू