जाल्पादेबी मावि बाहुनेपाटीमा एकहप्ते आइसिटी तालिम सुरु

17

सिन्धुपाल्चोक – मेलम्चि नगरपालिकाा-११ स्थित जाल्पादेबी मावि बाहुनेपाटीले आफ्नो बिद्यालयको शिक्षक शिक्षिकाहरुको लागि एकहप्ते आइसिटी तालिमको सुरुवात गरेको छ । बिद्यालयको आन्तरीक स्रोतबाट आज एक अनौपचारीक कार्यक्रम गर्दै तालिमको सुरुवात गरीएको बिद्यालयका प्रध्यानाध्यापक बिष्णु प्रसाद गौतमले जानकारी दिए ।

तालिम उद्घाटन सत्रका प्रमुख अतिथी मेलम्ची नगरपालिकाका शिक्षा शाखाका अधिकृत सुदिनराज बुढाथोकीले शुभकमना मन्तब्य राख्दै प्रबिधि मैत्री तालिमहरुले शिक्षण सिकाइ का साथै शिक्षकहरुको क्षमता बिकासले बिद्यालय र बिद्यार्थीहरुमा सिकाइ प्रभाकारीता बढ्ने बिश्वास ब्यक्त गरेका थिए ।

बिद्यालयका लेखा तथा कप्युटर शिक्षक अमृत माझीको सहजीकरणमा बिद्यालयका २२ जना शिक्षक शिक्षिकाहरुलाई कप्युटरका बिभिन्न कोर्ष सम्बन्धि एकहप्ते तालिम तालिमको आयोजना गरीएको प्रअ गौतमले बताए ।

समाचार वर्गहरू