जीवन रक्षालाई महत्व दिएर तीज मनाऔं : प्रधानमन्त्री

25

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक दूरी कायम गर्दै स्वास्थ्य मापदण्ड अपनाएर तीज मनाउन आग्रह गरेका छन् ।

तीजको अवसरमा शुक्रबार ट्वीटर मार्फत शुभकामना दिँदै प्रधानमन्त्री ओलीले तोकिएको सीमाभित्र रहेर तीज पर्व मनाउन र आ–आफ्नो जीवन रक्षालाई उच्च महत्व दिन सबैमा विशेष अनुरोध गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीटमा लेखेका छन्, “महामारीले सिर्जना गरेको सीमाभित्र रहेर तीज पर्व मनाउन र आआफ्नो जीवन रक्षालाई उच्च महत्त्व दिन म सबैमा विशेष अनुरोध गर्दछु । तीजको हार्दिक शुभकामना !”

प्रधानमन्त्री ओलीले यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेकाले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था नरहेको बताएका छन् । विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न उनले सबैमा आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले ट्वीटमा खेलेका छन्, “यस वर्षको तीज कोरोना महामारीले सिर्जना गरेको कष्टकर परिस्थितिका बीच मनाउनु परेको छ । त्यसैले विगतमा जस्तो भेटघाट, नाचगान, रमझम र उल्लासको अवस्था छैन । विज्ञहरूका सल्लाह र सरकारको निर्देशन अनुरूप नै सामाजिक व्यवहार गर्न मेरो आग्रह छ ।”

 

समाचार वर्गहरू