जुम्लाका ७ घरमा आगो लगाउने शंकास्पद १० जना पक्राउ

40

काठमाडौं – जुम्लाकाे विभिन्न ठाउँमा अज्ञात समूहले आगो लगाएकाे घटनामा शंकास्पद १० जना पक्राउ परेका छन् । शुक्रबार राति ११ बजे खेदि १ बजे सम्मको समयमा गुठीचौर गाउँपालिकाका ७ घरमा आगो लगाइएकाे थियाे ।

जिल्ला प्रहरी कार्यालय जुम्लाले साे घटनामा शंकास्पद लागेका १० जनालाई नियन्त्रणमा लिएको छ । जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोसीका अनुसार आगालागी भएका सम्बन्धित ठाउँका आशंका गरिएका १० जनालाई नियन्त्रणमा लिइएको हो ।

गुठीचौरका विभिन्न गाउँका गरी ७ वटा घरमा आगो लगाएर खरानी बनाइएकाे थियाे । धवलपुर गाउँमा २ वटा घरमा, बाउली गाउँमा १ वटा, ढुडाखोजमा १ वटा, माथिल्लो देहारजिबुरमा १ वटा, खल्ला वडामा २ वटा गरी ७ वटा घरमा आगो लागइएको प्रहरीले बताएको छ ।

आगो लगाइएको कुरा थाहा पाउने वित्तिकै जिल्लाबाट प्रहरीको टोली घटनास्थाल पुगेको थियो ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू