जेन-जी आन्दोलनमा तोडफोड र लुटपाट गर्नेको सदस्यता कांग्रेसले नवीकरण नगर्ने

95

काठमाडौं – नेपाली कांग्रेस सुनसरीले जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी तथा निजी सम्पति आगजनी, तोडफोड र लुटपाटमा संलग्न सदस्यको पार्टी सदस्यता नवीकरण नगर्ने निर्णय गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति सुनसरीको बुधबारको बैठकले आन्दोलनमा हिंसा भड्काउन प्रोत्साहित गर्ने कार्यकर्ताको वडादेखि नै नामावाली संकलन नगर्न सकुर्लर गर्ने र त्यसपछि प्राप्त नामावालीका आधारमा नवीकरण नगर्ने निर्णय भएको हो ।

जिल्लाभर जुनसुकै स्थानमा आन्दोलनमा सहभागी भएर आगजनी, तोडफोड र लुटपाट गर्ने कार्य अपराधिक भएकाले पार्टीलाई परिमार्जित र रुपान्तरण गरेर लैजान यस्तो निर्णय गरिएको जिल्ला सभापति केदार भण्डारीले बताए ।

जिल्लाले गरेको निर्णयका आधारमा प्रदेश कार्य समितिले पनि केन्द्रीय समितिलाई सिफारिस गर्ने प्रदेश महामन्त्री उमेश थापाले बताए । उनका अनुसार गलत व्यक्तिलाई पार्टीले संरक्षण गर्ने छैन्, खोजी खोजी निस्कासन गर्नेछ ।

सुनसरीमा जेनजी पुस्ताको आन्दोलनका क्रममा सरकारी निकायको मात्रै एक अर्ब १७ करोडभन्दा बढीको क्षति भएको थियो । निजी क्षेत्रको क्षतिको अहिलेसम्म विवरण संकलन हुन सकेको छैन ।

समाचार वर्गहरू