झापाका ५२ मा कोरोना संक्रमण पुष्टि

22

(झापा) – एउटै क्वारेन्टाईनमा बसेका झापाका ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

कचनकवल गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका ५२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।

कचनकवल गाउँपालिका–४ केचनास्थित महेन्द्र रत्न माविको क्वारेन्टाइनमा बसेकामध्ये ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जागेश्वर प्रसाद यादवले जानकारी दिए ।

कोरोना संक्रमण फैलिएको स्थानबाट आएकाले उनीहरु सबैको स्वाब नमूना संकलन गरी पीसीआर परीक्षण गरिएको थियो । भारतबाट लुकीछिपी नेपाल प्रवेश गरेका मध्ये ९९ जनालाई सो क्वारेन्टाइनमा राखिएको थियो ।

भारतको दिल्ली, मुम्बई, गुजरात, उत्तर प्रदेश लगायत स्थानबाट आएकालाई राख्न कचनकवलमा मात्र ६ वटा क्वारेन्टाइन निर्माण गरिएका छन् ।

समाचार वर्गहरू