ट्विटरको लोगो परिवर्तन, निलो चराकाे ठाउँमा पँहेलो कुकुर

11

काठमाडौं – सामाजिक सञ्जाल ट्विरको लोगो परिवर्तन भएको छ । यस अघि नीलो चरो रहेकोमा अहिले कुकुर राखिएको छ ।

ट्विटरको स्वामित्व आफ्नो हातमा आएपछि अमेरिकी अर्बपति एलन मस्कले लोगो परिवर्तन गर्ने आश्वासन दिएका थिए।  उनले त्यो कुरा मंगलबार पुरा गरेको मिडियाहरूले बताएका छन्। उनले ट्विटमार्फत् भनेका पनि छन्, ‘मैले आफ्नो वचन पुरा गरेको छु।’

मस्कले गत अक्टुबरमा ट्विटर किनेका थिए। यसपछि उनले एकपछि अर्को परिवर्तन गर्दै आइरहेका छन्। सर्वप्रथम उनले निलो टिकको लागि शुल्क लिने घोषणा गरेका थिए। उनले कर्मचारी कटौती पनि गरेका थिए, जसमा सीईओ भारतीय मूलका पराग अग्रवाल पनि समावेश थिए।

झण्डै ४४ अर्ब अमेरिकी डलरमा ट्विटर खरिद गरेका मस्कले केही दिन अघि ट्विटरको मूल्य २० अर्ब डलर रहेको बताएका थिए । ट्विटर खरिदपछि मस्कको सम्पत्ति घटिरहेको छ ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू