काठमाडौं – ताप्लेजुङमा बोलेरो जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने चालक घाइते भएका छन् । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा मंगलबार साँझ बोलेरो जिप दुर्घटना भएको हो ।
च्याङथापुबाट आङ्खोपतर्फ जाँदै गरेको प्र.१-०१-००१ ज ३४७० नम्बरको बोलेरो सिदिङ्वा गाउँपालिका ३, आङ्खोपमा सडकबाट करिब दुई सय मिटर तल भीरमा खसेको हो ।
चालक सोही ठाउँका प्रकाश सुवाङ घाइते भएका छन् । उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी मृत्यु भएका व्यक्तिको पहिचान खुल्न सकेको छैन ।