तामाकोशी पाँचौमा एउटा कम्पनीलाई ठेक्का दिन पाँचपटकसम्म बोलपत्रको सूचना संशोधन

52

काठमाडौं – सरकारी कम्पनी तामाकोशी जलविद्युत कम्पनी लिमिटेड अन्तर्गतको तामाकोशी पाँचौं हाइड्रो-इलोक्ट्रिक परियोजनामा करौडौंको सेटिङका कारण इलेक्ट्रो-मेकानिकल तर्फको बोलपत्रमा ५ पटक संशोधन गरि कुनै एउटा कम्पनीलाई मात्रै ठेक्का पार्ने खेल भएको खुलासा भएको छ ।

प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङ र आयोजनाका सीइयो विनोद भण्डारीको योजनामा चिनियाँ कम्पनी चोङनान-सीडब्लुटीडब्लु कम्पनीलाई ठेक्का हात पार्नैकै लागि पाँचौं पटक बोलपत्रको सूचना संशोधन गरिएको पाइएको हो । अझ सो कम्पनीलाई दिनकै लागि प्राविधिक मूल्याङकन पास गर्न प्राविधिक पक्षमा मात्रै तीन पटक बोलपत्रको सूचना संशोधन गरिएको भेट्टिएको हो ।

३ अर्बभन्दा बढी लगानी लाग्ने सो इलेक्ट्रो-मेकानिकलको ठेक्काका लागि तामाकोशी पाँच परियोजनाले सुरुमा ३० मे २०२४ मा बोलपत्रको सूचना प्रकाशित गरेको थियो । जसमा मुख्य शर्तहरुमा टर्वाइनको हाइड्रोलिक मोडल टेस्टिङ र सीएफडी (CFD) मोडलिङको इन-हाउस फ्यासिलिटी हुनुपर्ने अनिवार्य सर्त थियो । जुन उत्पादनको हिसावमा तामाकोशी पाँचौ जस्तो झन्डै १ सय मेगावाटको आयोजनालाई आवश्यक र सही पनि थियो । पहिलो पटक म्याद थप गरि बोलपत्रका केही परिमार्जन (Amedment-1) गर्दा समेत सो सर्त उल्लेख थियो । तर तेस्रो पटकको संशोधनमा चोङनान-सीडब्लुटीडब्लुको जेभीसँग नमिल्ने भएपछि उसैलाई ठेक्का दिन ३ महिनापछि सो सर्त एकाएक हटाइयो । यो शर्त किन हटाइयो भन्ने प्रश्नमा तामाकोशी पाँचौका सीइयो भण्डारी धेरै कम्पनीसँग यो प्रावधान नरहेको र प्रतिस्पर्धामा धेरै कम्पनी आउन भन्नका लागि हटाइएको दाबी गरे । तर अन्य कुनै कम्पनीले प्रतिस्पर्धामा भाग नलिएसँगै यो सरासर कुनै कम्पनीलाई सेटिङमै ठेक्का दिनको लागि हटाइएको भन्ने तथ्यले नै पुष्ट्री गरेको छ ।

हारविन, भोइत जस्ता विश्वप्रसिद्द कम्पनीहरु यो प्रावधान हटाएसँगै प्रतिस्पर्धामा भाग लिनबाट पछि हटेका थिए । किनकी सुरुमा अनिवार्य सर्त भनेर बोलपत्र प्रकाशित भएसँगै सबै तयारी गरिरहेका कम्पनीले एकाएक बोलपत्र संशोधन गर्दै सो प्रावधान नै हटाएपछि यसमा प्राधिकरणका एमडी कुलमान घिसिङ र भण्डारीको सेटिङ रहेको चाल पाएपछि ठेक्कामा भाग नै नलिएका हुन् । यतिमात्रै कहाँ हो र, ठेक्कामा कसरी सेटिङ हुन्छ र कसरी पटक पटक बोलपत्रमा संशोधन गरि निकालिन्छ भन्ने गतिलो उदाहरण तामाकोशी पाँचौमा धेरै रहेका छन् । सुरुको बोलपत्रको सूचनामा विडरले प्रतिस्पर्धामा भाग लिनका लागि ३५ मेगावाट वा सो भन्दा बढीका २ वटा फरक फरक हाइड्रोपावर परियोजनामा कम्तिमा २ वर्ष सञ्चालन गरिसकेको हुनुपर्ने सर्त थियो । टर्वाइन- जेनेरेटरमा काम गरेकोमा कम्तिमा आफ्नो देशमा एउटा र देश बाहिर एक आयोजनामा अनिवार्य रुपमा काम गरिसकेको हुनुपर्ने अनिवार्य सर्त थियो । तर यसलाई दोस्रो संशोधनमा हटाएर ३५ मेगावाटको ठाउँमा २५ मेगावाट टर्वाइन-जेनेरेटर हुनुपर्ने उल्लेख गरिएको हो ।

त्यस्तै बोलपत्रमा प्रति युनिट जेनेरेटर ४० MVA (एमभीए) वा सोभन्दा बढी हुनुपर्ने र २ बर्षभन्दा बढीदेखि सफलता पूर्वक सञ्चालन गरेको हुनुपर्ने उल्लेख थियो । तर चोङनान-सीडब्लुटीडब्लुलाई ठेक्का दिलाउन सो सर्तलाई संशोधन गरि ३२ MVA (एमभीए) मा झारिएको थियो । पटक-पटक संशोधन गरिएको बोलपत्रमा चोङनान-सीडब्लुटीडब्लुलाई के गर्दा उपयुक्त हुन्छ सोही अनुसारको संशोधन गरिएको पाइएको हो । तेस्रो पटक गरिएको बोलपत्र संशोधन अक्टोर २, २०२४ मा ट्वार्वाइनको क्षमता हिसाव गर्ने फर्मुल्ला समेत परिवर्तन गरि विडको सूचना प्रकाशित गरेको थियो । यसमा प्रत्यक्ष रुपमा टर्वाइनको क्षमता घटाएर तल्लो स्तरको कम्पनीको ट्वाइन खरिद गर्ने नियत राखियो भने यो चोङनान-सीडब्लुटीडब्लु जेभीसँग मिल्दो गरि सो प्रावधान राखिएको भेट्टिएको प्राधिकरणका एक उपकार्यकारीले जानकारी दिए ।

उनले भने- ‘नेपालको परिवेशमा टर्वाइन शतप्रतिशत चलिरहन सक्दैन किनकी पानीको वहाव हिउद र बर्षामा फरक फरक हुनेभएकोले सोही अनुसारको टर्वाइन आवश्यक पर्नेमा सुरुको वोलपत्रलाई संशोधन गरि अन्तिम समयमा चलखेल गरि कुनै एक कम्पनीलाई दिएको लागि रचिएको खेल हो’ । चोङनान-सीडब्लुटीडब्लु कम्पनीले उत्पादन गर्ने टर्वाइन २०/२५ मेगावाटका लागि उपयुक्त रहेको भएपनि उसैलाई ठेक्का हात पार्नका लागि प्राधिकरण नेतृत्व र सिइयो भण्डारीको सुरुदेखि नै सेटिङको खेलले यसमा इच्छुक विदेशी कम्पनीहरु हार्विन, एनड्रिच, भोइत जस्ता चर्चित कम्पनीहरु अन्तिम समयमा विड गर्नबाट पछी हटेका थिए । बोलपत्र प्रकाशनपछि तामाकोशी पाँचौ पुगेर ७ वटा भन्दा बढी कम्पनीले भाग लिएका थिए ।

प्रि विड बैठकमा भेल, जगदम्बा इन्टरप्राइजेज नेपाल, वान वल्ड कर्पोरेशन प्रालि, पावर चाइना चोङनान इन्जिनियरिङ को लिमिटेड, सीडब्लुटीडब्लु, आइसीटिसी, आइएमपीएसए अर्जेन्टीना र भोइत जस्ता चर्चित कम्पनीहरु सहभागी भएर प्रस्ताव हाल्न इच्छुक भएका थिए ।

कहिले कहिले म्याद थपियो ?

१, ३० मे २०२४ देखी २९ जुलाई २०२४ २ महिना

२, २९ जुलाई २०२४ देखी २७ अगष्ट २०२४ १ महिना थप

३, २७ अगष्ट २०२४ – २३ सेप्टेम्बर २०२४ २८ दिन थप

४, २३ सेप्टेम्बर २०२४ – २ अक्टोबर २०२४ १० दिन थप

५, २ अक्टोर २०२४ – १७ अक्टोबर २०२४ १५ दिन थप

३ अर्बभन्दा बढीको ठेक्कामा ५ पटक वोलपत्र संशोधन गरेको जसमा ३ पटक त एउटा कम्पनीको अनुकुलता हुने गरि प्राविधिक पक्षमा मात्रै संशोधन गरिएपछी एकमात्रै कम्पनी चोङनान-सीडब्लुटीडब्लु जेभीले मात्र विड वुझायो र ३ अर्ब भन्दा ठुलो ठेक्कामा एउटालाई मात्र नै विना प्रतिस्पर्धा प्राविधिक प्रस्ताव पास भएको छ ।

सुरुमा ३० मे २०२४ मा २ महिनाको अवधी अर्थात जुलाई २९ सम्म बोलपत्रको समय थियो । प्रतिस्पर्धाको नाममा एउटा मात्रै कम्पनीको प्राविधिक प्रस्ताव पास भएसँगै विना प्रतिस्पर्धा तामाकोशी पाँचौको ठेक्का मिलाउने र करौडौं रकमको सेटिङ भएको छ । २ महिनाको अवधी दिएर निकालिएको वोलपत्रको सूचना ५ पटक म्याद थप र संशोधन गरि ५ महिनाभन्दा भन्दा बढी समय लगाएर एकमात्र कम्पनीको प्राविधिक प्रस्ताव पारि आर्थिक प्रस्ताव खोल्ने समेत सूचना जारी गरिसकिएको छ । यसमा केही माओवादी नेताहरु मार्फत ठेक्का कवोल गर्ने कम्पनी मार्फत ३ प्रतिशत कमिशन अर्थात १५ करोड भन्दा बढी रकम प्राधिकरणका एमडी कुलमान घिसिङ र तामाकोशी पाँचौका सिइयो भण्डारीले लिएको बुझिएको छ ।

समाचार वर्गहरू