तिन महिनापछी नेपाल फर्केका भण्डरीले भने आमा बितेको अहिले थाहा पाएँ

7

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी उपचारपछि स्वदेश फर्किएका छन् ।  विमानस्थलमा उनलाई कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले स्वागत गरेका थिए ।

गत फागुन ३ गते बुद्धनगरस्थित निवासमा ग्यास लिक हुदाँ आगालागीमा परी गम्भीर घाइते भण्डारी झन्डै तीन महिनाको स्वास्थ्य उपचारपछि आइतबार दिउँसो २ः५५ बजेको नेपाल वायुसेवा निगमको विमानमार्फत नेपाल फर्किएका हुन् ।

नेपाली कांग्रेसका नेतासमेत रहेका प्रतिनिधिसभा सदस्य भण्डारी झन्डै तीन महिनादेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचाररत रहेका थिए ।।

सो आगलागीमा परी सांसद भण्डारी र उनकी आमा हरिकला भण्डारी गम्भीर घाइते भएका थिए ।

आमा हरिकलाको भने उपचारका क्रममा गत फागुन ४ गते निधन भएको थियो । उनले पत्रकार सम्मेलनमा कुरा गर्दै आमा नभएको आफूलाई अहिले भर्खरै मात्रै थाहा भएको जनाएका छन् ।

उनले भने, ‘एउटा ठूलो दूर्घटनाबाट हामी आएका छौं । हुन त नेपालमा अहिलेसम्म यो वर्षमा ११० जना नेपाली दाजुभाई दिदीबहिनिहरुले आगजनीको कारण ज्यान गुमाउन परेको छ । मैले पनि मेरो आमालाई हरिकला भण्डारीलाई पनि दुर्घटनामा गुमाएको छु । मैले भर्खर मात्रै थाहा पाएको हुँ कि आमा हुनुहुन्न भनेर ।’

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू