थिएटर सञ्चालकको अनुरोध, फिल्म अनलाइन रिलिज नगर्नुहोस्

30

(काठमाडाैं) – थिएटर सञ्चालकहरुले अनलाइन मार्फत फिल्म प्रर्दशन नगर्न बलिउड फिल्म निर्मातालाई आग्रह गरेका छन् । लकडाउनका कारण भारतको अर्थतन्त्रमा लगातार गिरावट आइरहेको छ भने, अर्को तर्फ बलिउडले पनि हरेक हप्ता करोडौं घाटा ब्यर्होरी रहेको छ ।

प्रर्दशनीका लागि तयारी अवस्थामा रहेका बलिउड फिल्महरु थिएटर बन्द भएपछि अब अनलाइनमा प्रर्दशन गरिने बताइएको छ । यो समाचार बाहिर आएसँगै थिएटर सञ्चालकहरु थप चिन्तित भएका छन् । थिएटर सञ्चालकले फिल्म निर्माताहरुलाई अनलाइनमा प्रर्दशन गर्ने निर्णय तत्काल फिर्ता लिन आग्रह गरेका छन् ।

प्रर्दशनीको तयारीमा रहेका फिल्मलाई लकडाउन पछि मात्रै रिलिजका लागि सुरक्षित गर्न उनीहरुले अपील गरेका छन् । अन्यथा मानिसहरूले थिएटरमा गएर चलचित्र हेर्न बिर्सने उनीहरुले बताएका छन् । डिज्नी हट–स्टार, नेटफ्लिक्स, अमेजन र जी फाइफ लगायत डिजिटल अनुप्रयोग (एप) ले निर्माताहरुबाट फिल्म किन्नका लागि सम्झौता गरेका छन् । यसपछि यी फिल्महरू अनलाइन रिलिज हुनेछन् ।

अक्षय कुमारको लक्ष्मी बम यो सूचीमा पहिलो फिल्म हुनेछ । डिज्नी हटस्टारले अक्षय कुमारको यो फिल्म दोब्बर मूल्यमा खरिद गरेको भारतीय सञ्चार माध्यमले जनाएको छ । ईदमा हट–स्टारमा मार्फत यो फिल्म प्रर्दशनीमा आउने तयारी छ । लकडाउनका कारण फिल्म उद्योगले ठूलो क्षति भोग्नु परेको छ ।

भर्खरै अजय देवगनको मैदान र संजय लीला भन्सालीको गंगुबाई काठियावाडीका सेटहरू भत्काइएको छ । अब यसको सुटिङ कहिले सम्म रोकिने हो भन्ने बारे टुंगो लागेको छैन । चाखलाग्दो कुरा के छ भने, गत मार्च २४ बाट भारतमा पूर्ण रुपमा लकडाउन गरिएको छ । तर, देश भरका थिएटरहरू भने १३ मार्च बाट नै बन्द भएका थिए ।

इरफान खानको अंग्रेजी मिडियन थिएटरमा प्रदर्शित अन्तिम फिल्म थियो । बलिउड फिल्मको सुटिङ स्थगित भएसँगै फिल्म उद्योगलाई ठूलो क्षति पुगेको बताइएको छ । लकडाउनका कारण सुटिङ रोकिँदा दुई देखि तीन हजार करोड रुपैयाँ बराबरको क्षति भएको अनुमान छ ।

समाचार वर्गहरू